१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनतालाई प्रत्यक्ष लाभ दिने कुरामा जोड दिऔँ: सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले सङ्घीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिने कुरामा जोड दिनुपर्ने बताएका छन् ।

बुधवार सिंहदरबारमा आयोजित प्राकृतिक श्रोत तथा वित्त आयोगको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरामा जोड दिएका हुन  । उनले संविधान संशोधनका लागि वर्तमान सरकार बनेको भन्ने कुराहरू प्रत्यक्ष र अपरोक्ष रूपबाट आइरहेको बताए।

उनले अहिले सङ्घीयता नै बेठिक भयो भन्ने गरी आक्रमण भइरहेको भन्दै सङ्घीयता कानुनअनुसार चल्ने हो भने राम्रो रहेको बताए । सभामुख घिमिरेले  मनोगत भन्दा तथ्यगत आधारहरू हेरेर सङ्घीयताको मूल्याङ्कन गर्नुपर्ने धारणा राखे ।

उनले आगामी दिनमा सङ्घीयता अझ प्रभावकारी बनाउन, सङ्घीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिन र सङ्घीय प्रणालीको संयन्त्रबाट कामहरू प्रभावकारी सम्पन्न गर्ने वातावरण निर्माण गर्न जरुरी रहेको जानकारी गराए । सभामुख घिमिरेले सङ्घीयता विकासको वाधक भयो भन्ने कुरामा आफू असहमत रहेको बताए । 

प्रकाशित: १६ आश्विन २०८१ १६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App