सङ्घीय संसद् अन्तर्गत आज संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको छ।
दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीश र राजदूतहरूको सुनुवाइका विषयमा छलफल हुने कार्यसूची रहेको छ।
समितिले आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका लागि सिफारिस प्रकाशमानसिंह राउतको सुनुवाइ गर्नेछ। जसका लागि राउतलाई पनि छलफलका लागि बैठकमा बोलाइएको छ।
संवैधानिक परिषद्को गत भदौ ३१ गतेको बैठकले राउतलाई प्रधानन्यायाधीश तथा सेवा लम्साल र चित्रलेखा यादवलाई क्रमशः बेल्जियम र अस्ट्रेलियाको राजदूतका लागि सिफारिस गरेको थियो।
समितिले मङ्गलवार प्रस्तावित न्यायाधीश र राजदूतद्वय विरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गरेको थियो। समितिमा प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ र राजदूतद्वय लम्साल र यादवविरुद्ध एक–एक उजुरी परेको छ।
प्रकाशित: १६ आश्विन २०८१ ०८:५८ बुधबार