१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

राहत तथा पुनर्स्थापनामा विशेष ध्यान दिन सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

फाइल तस्बिर

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिरो तथा डुवानबाट प्रभावित नागरिकलाई तत्काल रहत तथा पुनर्स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ ।  

समितिको मंगलबार बसेको बैठकले सम्भव भएका सबै उपाय अपनाएर तत्काल अनुभुति हुने गरी जनतलाई राहत दिन भनेको हो । समिति सभापति रामहरी खतिवडाले बाढीपहिरो गएको चार पाँच दिन हुँदासमेत पीडितहरु राहत र पुर्स्थापनाको पर्खाइमा रहनु दुःखद् भएकाले राज्यको महशुस हुने गरी काम गर्न निर्देशन दिएको जानकारी दिए ।  

बैठकपछि समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, विभिन्न जिल्लामा अलपत्र परेका यात्रीहरुलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्याउन पहल गर्न र जनधनको थप क्षति हुन नदिनका लागि तत्काल आवश्यक सबै तयारी गर्न नेपाल सरकारलाई निर्देशन गर्दछ ।  

यस्तै बैठकले हवाई भाडा नबढाउन, सडक यातायात सञ्चालनका लागि भत्किएका बाटाहरु मर्मत गर्न, सडकको पहुँच नपुगेका स्थानमा हवाई यातायातको व्यवस्था गर्न, खाद्यान्न, तरकारी, फलफूल लगायतको मूल्यवृद्धि रोक्ने गरी अनुगमन गर्न पनि सरकारलाई निर्देशन दिएको सभापति खतिवडाले बताए ।  

घाइतेहरुको औषधि उपचारमा विशेष ध्यान दिन निर्देशन दिँदै समितिले वर्षा र पहिरोका कारण नष्ट भएका सिंचाइ कुलोहरु, पिउने पानी, विद्युत्, टेलिफोनको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।   

प्रकाशित: १५ आश्विन २०८१ १४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App