३० आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री डा. राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच भेटवार्ता भएको छ।

यहाँस्थित नेपाली राजदूतावासमा सोमवार भएको सो भेटघाटका क्रममा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको एमसिसी परियोजनाको कार्यान्वयन र यसअन्तर्गतका परियोजनाहरू समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको डिसीस्थित नेपाली राजदूतवासले जनाएको छ।

एमसिसी कम्प्याक्टअन्तर्गत नेपालको विद्युतीय प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नतिसम्बन्धी परियोजना कार्यान्वयनमा गएका छन्। उक्त कम्प्याक्टमा एमसिसीले नेपाललाई ५० करोड डलर अनुदान सहयोग उपलब्ध गराएको थियो।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिका आएकी परराष्ट्रमन्त्री डा राणा यहाँबाट कतारको दोहा प्रस्थान गर्नुअघि सो भेटघाट भएको हो। रासस

प्रकाशित: १५ आश्विन २०८१ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App