१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

वर्षाजन्य विपदमा परी काठमाडौं उपत्यकमा २१ जनाको मृत्यु भएको छ। हालसम्म काठमाडौंमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीनजनाको मृत्यु भएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले दिएको जानकारीअनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँचजना बेपत्ता भएका छन् भने नौजना घाइते भएका छन्।

बाढीपहिरो तथा डुबानमा परेका ७ सय २८ जनालाई उद्धार गरिएको उनले बताए। बाढीपहिरोबाट काठमाडौंमा चार घर भत्किएका छन् भने दुई सय २६ घर डुबानमा परेका छन्। ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ।

विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिए। 

यसैबीच विपद्को जोखिमका आधारमा काठमाडौँमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको उनले जानकारी दिए। –रासस

प्रकाशित: १२ आश्विन २०८१ १३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App