३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

दुई वर्षपछि पार्टी सभापति देउवा प्रधानमन्त्री हुनुहुन्छः गगन थापा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार गठनका लागि एमालेसँग गरिएको सात बुँदे सहमती कार्यान्वयनमा आफ्नो पार्टी शतप्रतिशत प्रतिवद्ध रहेको बताएका छन्।

उनले सो सहमती कार्यान्वयनका लागि सिंगो पार्टी पंक्तिले पनि वातावरण बनाउनुपर्ने बताए।

सानेपास्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले एमाले अध्यक्ष ओलीले दुई वर्ष सरकारको नेतृत्व गरेपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमती कार्यान्वयन हुने विश्वास समेत व्यक्त गरे।

उनले सो सहमती कार्यान्वयनका लागि वातावरण निर्माण गर्ने कुरामा पनि पार्टी लाग्नुपर्ने बताए। महामन्त्री थापाले सोही सहमतीको आधारमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गरिएको र त्यो छिट्टै सार्वजनिक हुने बताए।

उनले भने,‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच भएको ७ बुँदे सहमतीको आधारमा सरकार गठन भएको छ। सम्माननीय केपी शर्मा ओलीको नेतृत्वमा यो सरकार छ। २ वर्ष सरकार चलिसकेपछि पार्टी सभापति आदरणीय माननीय शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ। यो समझदारीमा हामी शतप्रतिशत कमिटेड छौं। तर यसलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने सन्दर्भमा यसको वातावरण निर्माण गर्ने  कुरामा जिल्ला तहमा तलपनि हामीले वातावरण बनाउनु पर्नेछ। यो सात बुँदे सहमतीको बारेमा आजै न्युनतम साझा कार्यक्रम पनि बन्छ, सार्वजनिक हुन्छ।’

प्रकाशित: २ आश्विन २०८१ १७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App