२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज दिउँसाे बस्दै छ। पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न एक बजे बैठक बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।

बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे छलफल हुने बताइएको छ।

यस्तै राष्ट्रिय भेलामा सहभागिताका लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट लिने, राष्ट्रिय भेलाको प्रस्तावित कार्यतालिकामा छलफल हुने र राष्ट्रिय भेलाको हालसम्मको तयारीका बारेमा पनि छलफल हुने जनाइएको छ।

बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र त्यसउपर आवश्यक छलफल गरिने पार्टीको तयारी छ।

प्रकाशित: २९ भाद्र २०८१ ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App