सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू जारी रहेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी यो बैठकमा पार्टीको वार्षिक कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।
बैठकले वार्षिक कार्ययोजना पारित गरी मिसन ०८४ लक्षित संगठन निर्माण र विस्तार, शुद्धीकरण र सुदृढीकरणलगायत अभियान चलाउने एमालेको तयारी रहेको बुझिएको छ ।
भदौ १९ गते मा सम्पन्न पोलिटब्युरो बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल भएको थियो। बैठकले सुझावसहित पारित गर्ने जिम्मेवारी सचिवालयलाई दिएको थियो।
प्रकाशित: २८ भाद्र २०८१ १५:२२ शुक्रबार