प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ पछि नेपालको अर्थतन्त्र क्रमशः पुनः उत्थान हुँदै गएको र नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बताएका छन्।
नेपाल उद्योग परिसङ्घ र भौतिक यातायात तथा पूर्वाधार विकास मन्त्रालयद्वारा आज आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन सम्मेलन, २०२४’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको समेत बताए। सरकार निजी क्षेत्रसँग हातमा हात मिलाएर जान तत्पर रहेको उनले स्पष्ट पारे।
“पूर्वाधार विकास आर्थिक वृद्धिका लागि उत्प्रेरक पक्ष हो। यस तथ्यलाई मनन गर्दै हामीले राम्रो सडक, पूर्वाधार विकास, ट्रान्समिटर लाइन आदिको विकासमा प्राथमिकता दिएका छौं।”, प्रधानमन्त्री ओलीले भने, “यस प्रयासमा तीनै तहका सरकारसहित सबैको हातेमालो र सकारात्मक साथको अपेक्षा हामीले गरेका छौं।”
प्रकाशित: २७ भाद्र २०८१ १८:५१ बिहीबार