१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कृषिमा क्रान्ति आवश्यकः कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा क्रान्ति गर्न आवश्यक रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा नेपाल खाद्य मञ्च २०२४ मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले राजनीतिक उथलपुथल र परिवर्तन धेरै भएपनि कृषिमा क्रान्ति गर्न नसकिएको भन्दै सरकारले अहिले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। कृषि विकासमा कमजोर महशुस गरिरहेको उनले बताए।

किसानहरुले कृषि उत्पादन सामग्री समयमा पाउन नसक्ने अवस्थालाई अन्त्य गर्नुपर्नेमा उनले जोड दिए। कृषि शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउन आवश्यक रहेको उनले बताए। कृषिलाई व्यवसायिकरण गर्न र किसानको कृषि पेशालाई मर्यादित बनाउन धेरै कामहरु गर्न बाँकी रहेको उनले बताए।

मन्त्री अधिकारीले कृषि उत्पादनलाई उद्योगसँग जोड्न थप प्रयास गर्ने प्रतिवद्धता जनाए। उनले जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको नकारात्मक प्रभावलाई न्युनिकरण गर्न र अनुकुलित कृषि खोतीका लागि नविनतम प्रविधिको विकास गर्न आवश्यक रहेको बताए।

कृषि क्षेत्रमा रहेको लगानीको अपर्याप्ततालाई पूरा गर्न कृषि क्षेत्रमा निजी क्षेत्रको लगानीलाई समेत प्रोत्साहन गर्नेगरी व्यवसायीकरण र औद्योगिकरणको आधारशिलाको रुपमा तयार गर्न कृषिमा लगानी दशक घोषणा गरेको उनले बताए। 

प्रकाशित: २५ भाद्र २०८१ १७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App