३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

सबै राजनीतिक दल मिलाैं, देश बचाऔं: पर्यटनमन्त्री

फाइल।

संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डे सबै राजनीतिक दलहरुलाई सरकारसँग सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन्।

नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले मुलुकमा विद्यमान सबै खालको जटिलता हटाउनका लागि दुई ठूलो पार्टीले सत्ता सहकार्य गरेकाले त्यसमा अन्य सबै राजनीतिक दलहरुले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

नेपाल पर्वतारोहण संघले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई जटिलताबाट पार लगाउन सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने बताए।

मन्त्री पाण्डेले देशमा समस्याको चाङ देखिएकोपछि समाधानका लागि कांग्रेस–एमाले एक ठाउँमा उभिएको उल्लेख गर्दै मन्त्री पाण्डेले अन्य दलहरुले पनि यस्तो बेलामा सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने उल्लेख गरे।

उनले भने "केवल दुई पार्टीको मनोमानी र सिन्डीकेट कायम गर्ने होइन। यसमा माओवादी जोडन चाहन्छौं, समाजवादी जोड्न चाहन्छौं। लोसपा, जसपा, राप्रपा, रास्वपा सबैलाई जोडेर काम गर्न चाहन्छौं। त्यो दिशामा तत्काल क्षेत्रका व्यक्तिहरुले पनि यतिखेर प्रतिद्धन्दीताको समय होइन। यतिखेर एकले अर्कालाई खुट्टा तान्ने समय होइन। यतिखेर सहकार्य गर्ने समय हो। होष्टेमा हैँसे गर्ने समय हो।"

मन्त्री पाण्डेले मुलुकको अर्थतन्त्रलाई अघि बढाउने महत्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले त्यसको संवद्र्धनमा सरकार सदैव प्रतिवद्ध रहेको पनि जनाए। त्यस अवसरमा उनले मर्यादामा रहेर काम गर्न पर्यटन व्यवसायीहरुलाई सचेत पनि गराए।

प्रकाशित: १ आश्विन २०८१ १५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App