१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसद्‍मा सत्तापक्षले माग्यो उपसभामुखको राजीनामा, प्रतिरक्षामा उत्रियो प्रतिपक्ष

प्रतिनिधि सभा सदस्यहरुले उपसभामुख इन्दिरा रानामाथि महाअभियोगको कुरा चर्चामा आएको भन्दै सो सम्बन्धमा स्पष्ट पार्न आग्रह गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोलेका प्रतिनिधि सभा सदस्यहरु उपसभामुख रानालाई राजीनामा गराउनुपर्ने र राजीनामा गराउनु नहुने पक्षमा देखिएका हुन्।

सत्तारुढ दलका सदस्यहरुले उपसभामुखमाथि अमेरिकामा कार्यक्रमको नाममा मानव तस्करी गर्न लागेको आरोप लागेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

प्रतिपक्ष दलका सदस्यहरुले भने उपसभामुखको पक्षमा उभिदै उपसभामुखलाई दुई तिहाइको बलमा महाअभियोग लगाए मान्य नहुने बताए। बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य शोभा ज्ञवालीले उपसभामुखले सदनको अपहेलना गरेको बताइन्। उनले उपसभामुखले गरेका काम मानव तस्कर हो कि होइन भनेर प्रश्न समेत गरिन्।

उनले भनिन्, ‘उपसभामुखज्युको अगुवाईमा अमेरिकाको कार्यक्रममा राजदुतावासलाई अन्य केही व्यक्तिहरुलाई पठाउने भनेर चिट्ठी पठाएको बाहिर मिडियामा आएको थियो। यथार्थ के हो रु उपसभामुख जस्तो व्यक्तिले केही व्यक्तिहरुलाई कार्यक्रम बनाएर बाहिर पठाउने भनेको सानो कुरा हो र ? यो सम्मानित सदनको अपहेलना होइन र ? यदि हो भने उहाँहरुले गरेका कामहरु मानव तस्कर होइन र ? अन्य व्यक्तिहरुका कुरा उहाँहरुले जोडसँग उठाउनुहुन्छ, तर आफ्ना व्यक्तिहरुका कुरा उठाउँदा उहाँहरु आक्रोशित हुनुहुन्छ।’

प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राजनीतिक फाइदाका लागि उपसभामुखमाथि आरोप लगाएर भाष्य सिर्जना गर्न लागिएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। उनले राजनीतिक लाभ र हानी हेरेर भाष्य निर्माण नगरी जनताको मुद्दा बोक्न सांसदहरुको ध्यानाकर्षण गराए।

उनले भनिन्, ‘दुई तिहाइको बलले जनताको समस्या समाधान गरोस् भन्ने माग गर्न चाहन्छु। जताततै दलगत रुपमा प्रशासन, विद्यार्थी, शिक्षकहरुमा हुने दुई तिहाइका सरकारले दम राखेर खारेज गरिदिनु होला। राजनीतिक फाइदाका लागि जे पनि भाष्य निर्माण गर्ने। वेल घेराउ गर्ने। दुई महिनासम्म जनताको आवाज बोल्न नदिने। एउटा मान्छेलाई डाम्यो, सकियो। खर्ब भन्दा बढी रकम सहकारीमा अड्किएको छ, यसलाई राजनीतिक लाभ हानी र आज जुन भाष्य निर्माण गर्न खोजिरहेको छ उपसभामुखको। जनताको मुद्दा बोकौँ न भनेर सम्पूर्ण सांसदहरुको पनि ध्यानाकर्षण गराउन चाहान्छु। राजनीतिक लाभ भयो एउटा भाष्य । राजनीतिक हानी भयो अर्को भाष्य।’

प्रतिनिधि सभा सदस्य सरस्वती सुब्बाले उपसभामुख माथि छानबिन गर्नुपर्ने बताइन्। उनले राजीनामा दिन उपसभामुखलाई आग्रह गरिन्।

उनले भनिन्, ‘संसद भित्र र संसद बाहिर उपसभामुखको विषयमा विशेष चर्चा भइरहेको छ, यसलाई विशेष छानविन गरेर संसदलाई मार्ग प्रशस्त गर्न उपसभामुखलाई हार्दिक अनुरोध गर्दछु।’

प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले पनि उपसभामुखलाई राजीनामा दिन माग गरे। उनले भने, ‘सदन भित्र र सदन बाहिर उपसभामुखको नैतिकताको कुरा उठेको छ, पदिय मर्यादाको कुरा उठेको छ। मानव तस्करीको कुरा उठेको छ। उपसभामुखजस्तो व्यक्तिको बारेमा सदन र सदन बाहिर प्रश्न उठ्दा उपसभामुखले मार्गप्रशस्त गर्न अथवा राजीनामा दिनको निम्ति म जोडदार माग गर्न चाहन्छु।’

प्रतिनिधि सभा सदस्य शोबिता गौतमले उपसभामुखमाथि महाअभियोग लगाउने चर्चा सुनिएको भन्दै सरकारले संख्याको दम्भले लोकतन्त्रको घाँटी निचोर्ने प्रयास गरेको बताइन्।

उनले भनिन्, ‘संख्याको दम्भले लोकतन्त्रको घाँटी निचोरिने जुन प्रयास सरकारले गरिरहेको छ, यसमा हामी खबरदारी व्यक्त गर्न चाहन्छौँ।’

प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले उपसभामुखमाथि महाअभियोग लगाउने गलत कदम नचाल्न सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘उपसभामुखलाई महाअभियोग लगाउने चर्चा आइराखेको छ, हामी खबरदारी गर्न चाहान्छौँ। यस्ता खालका गलत कदम नचालियोस् सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रतिनिधि सभा सदस्य हितराज पाण्डेले उपसभामुखलाई हटाउने कुराको नेकपा ९माओवादी केन्द्र० ले प्रतिवाद गर्ने बताए। उनले भने, ‘हाम्रो दल उपसभामुखलाई हटाउने कुराको तिव्र प्रतिवाद गर्दछ। विरोध गर्दछ। यस विषयमा स्पष्ट पार्न सभामुखमार्फत् म अनुरोध गर्दछु।’

प्रतिनिधि सभा सदस्य हेमराज राईले आफूमाथि लागेको आरोप बारे उपसभामुखले संसदमा स्पष्ट पार्नुपर्ने बताए।

उनले भने, ‘यदी पत्रपत्रिकामा आएको जस्तै कुरा सदनमा चलेको हो भने हाम्रो उपसभामुखज्युले यसको सत्यतथ्य के हो रु संसदलाई जानकारी गराउनुपर्छ। महाअभियोग जस्तो कुरामा सदन अगाडी बढ्ने बाध्यकारी स्थिति सिर्जना नहोस्।’

प्रकाशित: २५ भाद्र २०८१ १५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App