३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

अनरको दशैं अफर : अनर किन्नुहोस् थाइल्यान्ड घुम्नुहोस् !

अनर  नेपालले दशैं, तिहार, छठजस्ता नेपालीहरुको चाडपर्वलाई लक्षित गर्दै विभिन्न अफर सार्वजनिक गरेको छ । यसवर्ष अनर ले 'अनर किन्नुहोस्, थाइल्यान्ड घुम्नुहोस् !' अभियान ल्याएको छ, जसमा कुनै पनि अनर  स्मार्टफोन किन्दा ग्राहकहरूले थाइल्यान्ड भ्रमण र अन्य अविश्वसनीय पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ । 

यो अफर ७ नोभेम्बर २०२४ सम्म नेपालभरका सबै अनर  एक्सक्लुसिभ पसल र अधिकृत विक्रेताहरूमा उपलब्ध हुनेछ । हरेक अनर स्मार्टफोनको खरिदले यस रोमाञ्चक अभियानमा सहभागी हुन पाउने कम्पनीको भनाइ छ ।  

अफरअन्तर्गत ग्राहकले ग्रान्ड पुरस्कारमा थाइल्यान्ड भ्रमण, अप्रिला एसआर १२५ स्कुटर र अनर म्याजिक भी२ प्राप्त गर्नेछन् । यस्तै साप्ताहिक पुरस्कारमा मार्सल स्पिकर र अनर २०० तथा दैनिक पुरस्कारमा अनर च्वाइस एयरबर्डस् एक्स५ र सीके जीटी घडी पाउने कम्पनीले जनाएको छ ।  

अफर सार्वजनिक गर्दै अनर नेपालका राहुल राठीले  भने, 'हामी दशैंको यस पावन अवसरमा हाम्रो अनर किन्नुहोस्, थाइल्यान्ड घुम्नुहोस्! अभियान ल्याउन पाउँदा अत्यन्तै खुशी छौं। हाम्रो उद्देश्य ग्राहकहरूको दशैंलाई अझ विशेष र सम्झनलायक बनाउन उत्कृष्ट पुरस्कारहरू प्रदान गर्नु हो।'

प्रकाशित: १ आश्विन २०८१ १४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App