१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

गेटमा ताला लगाएर गण्डकीमा रास्वपाको बैठक, पत्रकारलाई प्रवेश निषेध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश स्तरीय विस्तारित बैठक सुरु भएको छ। बैठक पोखरा–१७ विरौटास्थित ग्यालेक्सी बैंक्यूटमा बसिरहेको छ।

बैठक स्थलको मूल गेटमा ताला लगाइएको छ भने बैठक स्थलमा कडा सुरक्षा दिइएको छ।

बैठक स्थलमा पत्रकारलाई समेत प्रवेश निषेध गरिएको छ।

उक्त बैठकमा सहभागी हुन पुगेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी पीडितहरूले कालो झण्डा देखाएका थिए।

लामिछाने पोखरा आउने थाहा पाएपछि सहकारी पीडितहरू बैठक स्थल पोखरा–१७ विरौटास्थित ग्यालेक्सी बैंक्यूट अगाडि भेला भएका थिए। कालो झण्डा र प्ले कार्ड बोकेर सूर्य दर्शन सहकारीका बचतकर्ताहरू भेला भएपछि त्यसलाई निस्तेज गर्न ठूलो मात्रामा प्रहरी खटाइएको थियो।

लामिछाने पुग्नुअघि नै नाराबाजी सुरु गरेका उनीहरुलाई प्रहरीले हस्तक्षेप गर्ने प्रयास गरेको थियो। तर प्रहरी हस्तक्षेपका बाबजुद सहकारी पीडितहरूले लामिछानेकै अगाडि कालोझण्डा देखाउनुका साथै नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

प्रकाशित: २५ भाद्र २०८१ १३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App