१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

देशको आवश्यकता अनुसार संविधान संशोधन हुन्छ: मन्त्री खड्का

फाइल तस्बिर

उर्जा,जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशको आवश्यकताअनुसार संविधान संशोधन हुने बताएका छन्।

गृह जिल्ला संखुवासभामा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन । उनले जनताहरूसँग छलफल, परामर्श गरी समायानुकुल हुने गरी देशको आवश्यकताअनुसारको संविधान संशोधन हुने बताए।

उनले संविधानका केही कारणले अहिलेको अवस्थामा आइपुगिएको निष्कर्ष दुई ठुला राजनीतिक दलहरूले निकालेको भन्दै संविधानमा भएका कमी, कमजोरीलाई सच्याउने प्रतिवद्धता जनाए ।

उनले वर्तमान सरकार दुई ठुला राजनीतिक दलहरू मिलेर बनेको उल्लेख गर्दै स्थायी ढंगले पूर्ण कार्यकालसम्म रहने दाबी गरे । उनले जनतालाई अनुभूति हुने, न्यायोचित ढंगले देखिने गरी काम गर्न दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाएको बताए । 

मन्त्री खड्काले विकास निर्माण जनताको चाहनालाई सम्बोधन गर्न सरकार बनेको भन्दै यसमा ढिलासुस्ती आलटाल गर्ने छुट नरहेको धारणा राखे । उनले अब आर्थिक क्रान्तिको अगुवा काँग्रेसले गर्ने पनि दाबी गरे। 

प्रकाशित: २५ भाद्र २०८१ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App