१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

फुङलिङमा बिपी कोइरालाको सालिक बन्ने

नेपाली कांग्रेस ताप्लेजुङको अगुवाइमा प्रजातान्त्रिक समाजवादका प्रणेता विश्वेश्वरप्रसाद कोइरालाको सालिक निर्माण हुने भएको छ।

कोइरालाको १ सय ११ औं जन्म जयन्तीका दिन सोमवार कांग्रेस ताप्लेजुङले फुङलिङ नगरपालिका वडा नं ३ मा रहेको जिपि कोइराला स्मृति भवन परिसरसमा कोइरालाको सालिक निर्माण कार्यको शिलान्यास गरेको हो।

अगुवा नेताहरुको उपस्थितिमा नेपाली कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङ सहितका सालिक निर्माण कार्यको सुरुवात गरेका छन्। तुम्याहाङका अनुसार ताप्लेजुङ जिल्लामा हालसम्म नेपाली कांग्रेस सम्बद्ध आदर्श पुरुषको सालिक बनेको थिएन।

‘यो रेकर्ड तोड्दै अब बिपी कोइरालाको सालिक निर्माण हुनेछ’ जिल्ला सभापति तुम्याहाङले भने। विक्रम संवत् १९७१ साल भदौ २४ गते जन्मिएका कोइराला नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री हुन्। उनी नेपालका २२ औं प्रधानमन्त्री हुन्। नेपालमा प्रजातन्त्र स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका उनलाई ‘ महामानव’पनि भनिन्छ। कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो।  

प्रकाशित: २४ भाद्र २०८१ १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App