३१ भाद्र २०८१ सोमबार
image/svg+xml
राजनीति

बालेनको कार्यशैलीमा सुनिताको प्रश्न: जनप्रतिनिधिले जानकारी सूचनाबाट थाहा पाउनुपर्ने ?

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छिन्।

मंगलबार बसेको कार्यपालिकाको बैठकमा उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी हुन्। 

उनले काठमाडौंका नदी किनारका दुवैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले जारी गरेको सूचना छलफलबिनै जारी भएको बताइन्।

उनले भनिन्, 'महानगरले जारी गरेको सूचनामा प्रमुख स्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भनेर लेखिएको छ। प्रमुख  प्रमुख स्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भनेपछि महानगरपालिका सबैको निर्णय हो कि होइन भन्ने कुरा आउँछ।'

जनता वडा र महानगरमा आउन थालिसकेको उनले बताइन्। स–साना कुरामा छलफल भइरहँदा यति संवेदनशील विषयमा छलफल नभएको उनले बताइन्।

बोर्ड बैठक स साना कुरामा छलफल भइरहेको हुन्छ। यति संवेदनशील विषयमा हामीले बोर्ड बैठक बसेर छलफल नगरी मेयरस्तरीय निर्णय भनेर सूचना जाने, हामी जनप्रतिनिधिले सूचनाबाट सुसूचित हुने राम्रो पद्धति राम्रो होइन,’ उनले भनिन्।

फैसलाले कतिलाई असर पर्छ त्यसलाई कम गर्न सकिन्छ कि सकिन्न भनेर छलफल गर्नुपर्ने उनले बताइन्। ‘अदालतमा गरेको निर्णय सदैव जनताको हितमा हुन्छ भन्ने पनि छैन ?’ उनले भनिन्, ‘त्यसै कारण अर्को (पुनरावलोकनमा जाने) कानुन बाटो राखिएको छ। बरु पुनरावलोकनमा हामी जाने हो कि भनेर छलफल गर्नुपर्थ्यो होला।’

यस्ता संवेदनशील विषयमा जनताहरू सडकमा आइसकेपछि त्यसबारेमा छलफल गर्नुभन्दा पनि सूचना जारी हुँदै छलफल हुनुपर्ने उनले बताइन्। 

प्रकाशित: १८ भाद्र २०८१ १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App