४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सञ्चारमन्त्री गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसमक्ष पूर्व प्रहरी संगठन प्रमुख मञ्चको आग्रह

पूर्व प्रहरी संगठन प्रमुख मञ्चले सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । मञ्चले मन्त्री गुरुङलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग पनि गरेको छ ।  

मञ्चले मंगलबार विज्ञप्ती जारी गर्दै मन्त्री गुरुङले अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप हुनेगरि सार्वजनिक कार्यक्रममा नेपाल प्रहरीका ‘प्रहरी महानिरीक्षको जिब्रो थुत्नुपर्ने’ जस्ता शब्दहरुको प्रयोग गरेकोमा गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।  

पदीय हैसियतमा मन्त्रीसँग सबैले शालिन, सुसंस्कृत र पारस्परिक रुपमा सम्मानजनक व्यवहारको अपेक्षा गरेको भएपनि मन्त्री गुरुङको उक्त अभिव्यक्तिले गम्भीर अपमानको महसुस भएको मञ्चको ठहर छ ।  

विज्ञप्तीमा भनिएको छ, 'यसको विपरित माननीज्यूको राजनीतिक कद घटाएको छ भने नेपाल प्रहरीजस्तो गरिमामय र नेपालको सरकारको सबैभन्दा सक्रिय संगठनको नजरबाट माननीयज्यू गिर्नुभएको छ ।’

प्रकाशित: १८ भाद्र २०८१ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App