३० भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

पूर्वप्रधानमन्त्री दाहालद्वारा नेपालगञ्ज रंशगालाको अवलोकन

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन्।

आज बिहान रंगशालाको अवलोकन गर्दै उनले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्त्वपूर्ण रहेको बताए।

शनिवार मात्रै सुर्खेतस्थित कर्णाली प्रादेशिक रंगशालाको अवलोकन गरेका अध्यक्ष दाहालले पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु खुशीको कुरा भएको बताए।

‘माओवादी नेतृत्वको सरकार भएको बेलामा खासगरी हाम्रो नेता महेश्वर गहतराज संघीय खेलकुद मन्त्री भएको बेलामा नेपालगञ्ज रंगशालाको पूर्वाधार निर्माणले गति लिएको हो’– उनले भने, ‘त्यसैले पनि यो हाम्रा लागि विशेष महत्त्वको छ।’

यही वर्ष कर्णालीमा दशौं राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगञ्जका खेल पूर्वाधारहरु पनि आवश्यक पर्ने उल्लेख गर्दै उनले नेपालगञ्ज रंगशालाको उयोग गरेर फाइदा लिन अध्यक्ष दाहालले खेलाडीहरुलाई आग्रह गरे।

उनले दशौं राष्ट्रिय खेलकुदको सफलताको शुभकामना पनि व्यक्त गरे। खेलकुद व्यक्तिको स्वास्थ्य र देशको गौरवसँग जोडिएकाले आफ्नो पार्टीले सरकारमा हुँदा वा नहुँदा खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढेको उनले स्पष्ट पारे।

सो क्रममा विभिन्न खेलको अभ्यासमा जुटेका खेलाडीहरुले अध्यक्ष दाहाललाई स्वागत गरेका थिए। उनीसँगै नेता शक्ति बस्नेत, चक्रपाणि खनाल, महेश्वर गहतराजलगायतको सहभागिता रहेको थियो।

प्रकाशित: १६ भाद्र २०८१ ०९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App