१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसमा सहमति जुट्यो, एक्जिट पोलिसी र चुनावी गठबन्धनबारे अहिल्यै निर्णय नगरिने

नेपाली कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनलाई परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्ने विषयमा सहमति जुटाएको छ । 

शनिबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले यसअघि सहमति जुट्न नसकेका विषयमा पनि सहमति जुटाएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । ‘विशेष गरी महामन्त्रीज्यूहरूका प्रतिवेदनमा रहेका एक्जिट पोलिसी र गठबन्धन गर्ने÷नगर्ने भन्ने विषयमा छलफल गर्न बैठक बसेको हो,’ प्रवक्ता महतले भने,‘त्यो विषयमा एक्जिट पोलिसी अहिले नै लागु नगर्ने र गठबन्धनको विषयमा अहिले नै निर्णय नगरिहाल्ने भन्ने विषयमा सहमति जुटेको छ ।’ 

यस्तै१५ औं महाधिवेशन विधानमा भएको व्यवस्थाअनुसारकै समयभित्र सम्पन्न गर्ने विषयमा पनि बैठक एकमत भएको प्रवक्ता महतले जानकारी दिए । उनले भने,‘यी सबै विषय समेटेर भोलि(आइतबार) केन्द्रीय समिति बैठकले पारित गरेर अघि बढ्ने कुरा भएको छ ।’ महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमा पनि सहमति जुटेको विषय परिमार्जनसहित मस्यौदा तयार हुने उनले बताए । ‘यी विषयमा भोलि बैठकअघि एकचोटी बस्ने कुरा पनि भएको छ,’ प्रवक्ता महतले भने ।

प्रकाशित: १५ भाद्र २०८१ १३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App