२९ भाद्र २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दै छ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकका लागि पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूचि तय गरिएको छ।

केन्द्रीय कार्यालयको बैठक पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको थियो। बैठकमा महासचिव पोखरेलसहित तीन उपमहासचिव र ६ जना सचिव सहभागी थिए।

प्रकाशित: १३ भाद्र २०८१ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App