२९ भाद्र २०८१ शनिबार
image/svg+xml
राजनीति

कोसीमा संविधान दिवस मनाउन ५ सय १ सदस्यीय समिति गठन

कोसी प्रदेश सरकारले संविधान दिवस मनाउन ५ सय १ सदस्यीय समिति गठन गरेको छ । संविधान दिवस मनाउने विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार आयोजित छलफलमा संविधान दिवस मनाउन कोसी सरकारले ५ सय १ सदस्यीय मूल समारोह समिति गठन गरेको जानकारी दिइएको हो ।

कोसी प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा गठित समितिले संविधान दिवस तीन दिनसम्म मनाउने गरी तयारी सुरु गरेको कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । कार्कीले यो वर्षको संविधान दिवसमा कोसी प्रदेश सरकारले  संस्कृति संबद्र्धन गर्ने उद्देश्यले कोसी प्रदेशका विभिन्न जात, जाती , भेष, भूषा र संस्कृति झल्कने झाँकीसहितको प्रभात फेरी विराटनगरमा आयोजना गर्ने बताए । कार्कीले भने‘कोसी प्रदेशका जात, जाती, भाषा र संस्कृतिको  विविधता झल्कने झाँकीहरूसहित विराटनगरमा प्रभात फेरी निकालिने छ ।’ 

कार्कीले प्रभात फेरिमा सहभागी झाँकीहरूलाई १० हजार देखि ३० हजार रुपैयाँसम्म बाटो खर्चसमेत प्रदेश सरकारले दिने छ । यस्तै उत्कृष्ट झाँकीलाई पुरस्कारसमेत दिइने कार्कीले बताए । उनका अनुसार प्रथम हुने झाँकीलाई २० हजार, दृतिय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिने छ ।

यस्तै वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी कोसी सरकारले विद्यार्थीहरूलाई समेत संविधान दिवसमा जोड्ने तयारी गरेको मुख्यमन्त्री कार्कीले बताए । असोज २ गतेदेखि तीन दिनसम्म मनाउने दिवसमा सार्वजनिक सञ्चारमाध्यममार्फत संविधान प्रति अपनत्व जगाउने कार्यक्रमहरु पनि संचालन हुने  छ । 

प्रकाशित: १२ भाद्र २०८१ २०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App