१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सांसद विराजभक्तको प्रश्न: राजदूत देशको कि राजनीतिक दलको ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले राजदूत नियुक्त ढिलाइ हुँदा देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धमिलिएको बताएका छन्।

बुधबार प्रतिनिधि सभामा बोल्दै श्रेष्ठले राजदूत पनि बारबार परिवर्तन हुने र पछिल्लो समय लामो समयदेखि राजदूत नियुक्त ढिलाइ हुँदा देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धमिलिएको बताएका हुन्।

उनले भने, 'लामो समयदेखि राजदूत नियुक्त हुन सकेको छैन। दुई ठूला दल मिलेर बनेको सरकार छ तर राजदूत नियुक्तिमा ढिलाइ किन ? भागबण्डा नमिलेर हो ? के राजदूत पद राजनीतिक भर्ती केन्द्र हो ? राजदूत देशको प्रतिनिधि भएर जाने हो की देशको ?'

प्रकाशित: १२ भाद्र २०८१ १३:४४ बुधबार

#Biraj Bhakta Shrestha