२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मुसहर बस्तीमा मुख्यमन्त्री सिंह, छोराछोरीलाई विद्यालय पठाउन आग्रह

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुसहर बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेका छन्।

मङ्गलबार साँझ धनुषाको विदेह नगरपालिकास्थित वैदेही स्कुल टोलको निरिक्षण गरेका उनले मुसहर समुदायका अभिभावकसँग आफ्ना बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेका हुन्।

प्रत्येक महिना दलित बस्ती अवलोकन गरी त्यहाँको विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनलगायत समस्याबारे स्थानीयसँग छलफल गर्ने कार्यतालिकाअनुसार मुख्यमन्त्री सिंह मङ्गलबार वैदेही स्कुल टोलको मुसहर बस्ती पुगेका थिए।

सो अवसरमा उनले बस्तीका घरघरमा पुगेर बालबच्चाको पढाइ, स्वास्थ्योपचार, सरसफाइ, आयआर्जनलगायतका विषयमा जानकारी पनि लिएका थिए।

आयआर्जनका दृष्टिले लत्ताकपडा र छाक टार्न समस्या नरहे पनि यस समुदायका पुरुषमा जाँडरक्सीको लत रहेको महिलाहरुले मुख्यमन्त्री सिंहसँग गुनासो गरेका थिए। 

उनले मुसहर बस्तीका बच्चाको शिक्षामा पहुँच सुनिश्चित गर्न राज्य र समुदाय दुवै स्तरबाट पहल गर्ने बताए। उनले छोरा र छोरी दुवैको शिक्षामा ध्यान दिन आग्रह समेत गरेका थिए।

प्रकाशित: १२ भाद्र २०८१ ०७:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App