सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार तथा सूचनाको क्षेत्रमा जोडिएका संस्थाहरूमा नीतिगत स्पष्टता ल्याउने बताएका छन्।
सोमवार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको १८ औँ राष्ट्रिय सूचना दिवस विशेष समारोहमा बोल्दै मन्त्री गुरुङले सञ्चार तथा सूचनाको क्षेत्रमा जोडिएका संस्थाहरूमा नीतिगत स्पष्टता ल्याउने गरी सरकारले काम गरिरहेको बताएका हुन ।
उनले सञ्चार संस्थाहरू पुरानो ऐन अनुसार चलिरहेका भन्दै ऐनलाई समयानुकूल बनाइने बताए । उनले सञ्चार मन्त्रालयमा नीतिगत रुपमा व्यवस्थित काम हुन नसकेको भन्दै आफूले मन्त्रालयको नीतिगत कामलाई व्यवस्थित बनाउने बताए ।
उनले सञ्चार संस्थाहरूलाई नीति, ऐन, कानुन तथा नियमावलीहरूमा स्पष्ट पार्दै आवश्यक परे पुनः संरचना पनि गर्ने बताए । मन्त्री गुरुङले जनताको सूचनाको हकलाई चुस्त, दुरुस्त, व्यवस्थित र वैज्ञानिक बनाउने बताए। मन्त्री गुरुङले सूचनाको हकलाई अझ व्यवस्थित ढंगले सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रकाशित: ३ भाद्र २०८१ १७:५४ सोमबार