११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

टीआरसी विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत स्वीकृत भएको छ।

आईतवार बसेको सभाको बैठकले “प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेको हो।  

सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रश्तुत गर्नुभएको विधेयकमाथि राष्ट्रिय सभा सदस्यहरुले छलफल गरेका थिए। छलफलसँगै कानूनमन्त्री चौरसियाले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिए। लगत्तै सभामा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे। 

“प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि संशोधन प्रस्ताव राख्न चाहने सदस्यहरुले राष्ट्रिय सभा अन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्न आग्रह गरे। 

प्रकाशित: २ भाद्र २०८१ १६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App