२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

जनार्दनले पार्टी फुटाउँछ भन्ने हल्ला गलत हो: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुट्ने कुरा निराधार रहेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन।उनले पार्टी फुट्ने कुरा निराधार रहेको र लामो समयदेखि हल्ला फिँजाइएको बताए ।उनले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउने भन्ने हल्ला फिँजाइएको भन्दै उक्त हल्ला गलत रहेको बताए । उनले पार्टी एकताबद्ध भएको पनि बताए ।

उनले भने, ‘पार्टी फुट्ने कुरा बिलकुलै निराधार हो । पार्टी फुट्छ भनेर केही समयदेखि भनिरहेका छन् । होहल्ला, प्रचार धेरै भयो । कतिपय सन्दर्भमा आशङ्का र भ्रम भए । यो बैठकसम्म आउँदा ती सबै भ्रम चिरिएका छन् । खास गरी कमरेड प्रभाकरले पार्टी फुटाउँछ भनेको जस्तो जो माहौल बनेको छ, त्यो बिलकुलै गलत हो, हाम्रो पार्टी एकताबद्ध भएको छ र कमरेड प्रभाकर लगायतसँग जे आशङ्का गरिएको छ, गलत छ ।’

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई पीडित केन्द्रित, पीडित मैत्री बनाउने सम्पूर्ण प्रयास गरिएको र यसले पीडितहरूको मागलाई, चाहनालाई राम्रोसँग सम्बोधन गरेको जिकिर गरे । दृढतापूर्वक कार्यान्वयनमा लैजान आवश्यक रहेको बताए । 

प्रकाशित: ३१ श्रावण २०८१ १८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App