३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपालमा लोडसेडिङ हुँदा खुसी हुने जमातले मेरो विरोध गरेः कुलमान घिसिङ

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो विरोध गरेको गुनासो गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बाल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन्।

उनले नेपालमा लोडसेडिङ हुँदा खुसी हुने जमात धेरै रहेको बताए।  प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमात पछिल्लो समय विरोध गर्दै गलत सूचना फैलाइरहेको उनको भनाइ छ।

उनले केही जिम्मेवार पदाधिकारीले प्राधिकरणको हिसाबकिताबप्रति आशंका व्यक्त गरेको बताए।  महालेखा परीक्षकको तीन वटा संस्थाले अडिट गरेको हिसाब पारदर्शी रहेको भन्दै गलत हुन नसक्ने उनको भनाइ छ। उनले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राखे।

प्राधिकरणले अहिलेसम्म गरेको नाफा पारदर्शी रहेको भन्दै कुनै मिथ्या तथ्याङ्कका आधारमा नभएको उनले दाबी गरे। उनले आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण २५ प्रतिशत विद्युत् महसुल घटाएर ४७ अर्ब नाफामा पुग्नु सुखद भएको उल्लेख गरे। उनले २५ अर्बको विद्युत् महसुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफामा जानु भनेको प्राधिकरणले आम्दानीमा क्रान्ति गरेको दाबी गरे।

विद्युत् महसुल बढाएर नभई घटाएर नाफामा गएको पनि उनले बताए। उनले सामाजिक दायित्वलाई हेरेर २२ लाख ग्राहकलाई प्राधिकरणले छुट दिएको तर अर्थ मन्त्रालयले त्यसको सोध भर्ना समेत नगरेको बताए। उनले यो वर्ष २५ अर्बको विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको भन्दै नेपालले विद्युत् आयात भन्दा विद्युत् निर्यात बढी गरेको बताए। 

प्रकाशित: ३१ श्रावण २०८१ १७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App