१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

एमाले केन्द्रीय सदस्यमा थपिए १७ जना (सूचीसहित)

नेकपा एमालेले १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।

बैठकले  एमाले उपाध्यक्ष पदमा भने गुरु बराललाई मनोनयन गरेको छ।

केन्द्रीय सदस्यहरुमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट) , जितेन्द्र देव (सुनसरी), रामपृत राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल  (पर्वत), भरदेव जोशी (दार्चुला) रहेका छन्।

त्यस्तै हरि उप्रेती (सर्लाही),  इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल – (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ), आशा जवेगु (पाँचथर) रहेका छन्। 

प्रकाशित: १७ श्रावण २०८१ १७:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App