१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

पुराना दललाई रविको चुनौती: ८४ को चुनावमा एउटा सिट पनि नजित्ने दल बनाउनुस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ८४ सालको चुनावमा आफ्नो पार्टीले एक सिट पनि नजित्ने बनाउन चुनौती दिएका छन्।

सोमबार प्रतिनिधि सभामा बोल्दै लामिछानेले ८४ सालको चुनावमा आफ्नो पार्टीले एक सिट पनि नजित्ने बनाउने गरी काम गर्न चुनौती दिएका हुन्।

उनले भने, 'दुई तिहाइको सरकार छ हामीलाई छोड्दिनु, हाम्रो चिन्ता तपाईँले लिनु पर्दैन। यो सरकारलाई सुशासनमा कसरी लाने, जनतालाई कसरी राहत दिने, शिक्षा स्वास्थ्य र रोजगारीको कुरालाई कसरी सम्बोधन गर्ने। तपाईँ राम्रो काम गर्नु हाम्रो औचित्य खराब गर्दिनुस् । हामीलाई ८४ को चुनावमा एउटा पनि सिट नजित्ने बनाएर काम गर्नुस्।' 

प्रकाशित: १४ श्रावण २०८१ १५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App