३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठक जारी

सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठक जारी छ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी बैठकमा टुङ्गो लाग्न बाँकी विषयमा निर्णय लिनुअघि सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको थियो। सोही अनुसार बैठकमा छलफल भइरहेको छ।

संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) बाट मुख्य सचेतक महेश बर्तौला र नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव जर्नादन शर्मासहित बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, महान्याधिवक्ता रमेश बडाललगायतको उपस्थिति रहेको छ।

यसअघि पनि शुक्रवार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल गरेको थियो। उक्त बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको बताइएको छ। सो सम्बन्धमा कानुनमन्त्री, महान्याधिवक्ता र सरोकारवालासँग पनि छलफल गर्ने निर्णयपछि आजको बैठकमा सरोकारवाला निकायका पदाधीकारीहरूको सहभागिता रहेको हो।

पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने प्रयास हुने जनाइएको छ।

प्रकाशित: १४ श्रावण २०८१ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App