३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

'जबरजस्तीकरणी र लागू औषध सम्बन्धी अपराध नियन्त्रण गर्न सरकार प्रतिवद्ध'

गृह मन्त्री रमेश लेखकले जबरजस्तीकरणी र लागू औषध सम्बन्धी अपराधलाई न्यूनीकरण र नियन्त्रण गर्नेतर्फ सरकारले पर्याप्त ध्यान दिने बताएका छन्।

आइतवार बिहान सङ्घीय संसदको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले मुलुकमा बढ्दो लागू औषध सम्बन्धी अपराध र जबरजस्ती करणी जस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाहीको दायरमा ल्याउँदै यसको नियन्त्रणका लागि सरकार प्रतिवद्ध रहेको बताए।

संसदीय समितिप्रति सरकार जावफदेही र जिम्मेवार हुने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘प्रतिवेदनमाथि छलफल गरेर समितिबाट निर्देशन पाऔं। सरकार सदनप्रति जवाफदेही हुन्छ र जिम्मेवार हुन्छ।’

उनले समितिको निर्देशन सरकारले गम्भीरतापूर्वक लिने र कार्यान्वयन पनि सक्ने जति गर्ने उल्लेख गरे।

प्रकाशित: १३ श्रावण २०८१ १२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App