२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

बागमतीमा नयाँ सरकार गठन आह्वान

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।

प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दलहरुलाई साउन ८ गते साँझ ५ बजेसम्मको समयसीमा दिँदै दाबी पेश गर्न आह्वान गरेका हुन्।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको आह्वान भएको हो।

प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलले दिएको राजीनामा स्वीकृत गर्दै अर्को सरकार गठन नहुन्जेलसम्म काम चलाऊ मुख्यमन्त्रीको जिम्मेवारी समेत दिएका छन्।

नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले दाबी गर्ने तयारी गरेका छन्। कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाको नेतृत्वमा सरकार गठन गर्ने गरी तयारी भइरहेको बताइएको छ।

केन्द्रमा कांग्रेस र एमालेको बीचमा नयाँ सत्ता समीकरण बनेसँगै बागमती प्रदेशमा समेत सोही समीकरण अनुसार सरकार गठन हुन लागेको हो। भागबण्डा अनुसार बागमती प्रदेशको मुख्यमन्त्री कांग्रेसको भागमा परेको हो।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले दलका नेता बहादुर सिंह लामालाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने सर्वसम्मतिले निर्णय गरिसकेको छ। यस प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस एमालेसँग स्पष्ट बहुमत रहेको छ। सरकार गठनका लागि ५६ सांसद आवश्यक रहनेमा कांग्रेस एमालेसँग ६४ सांसद रहेका छन्।

प्रकाशित: ६ श्रावण २०८१ १७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App