४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रविको दाबी: हामीले अनुसन्धान सुरु गरेका व्यक्तिले पुरस्कार पाए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू गृहमन्त्री रहेका बेला अनुसन्धान गरेका व्यक्तिलाई मन्त्रिपरिषद्मा पुरस्कार दिइएको दाबी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफल गर्दै लामिछानेले यस्तो बताएका हुन्।

‘जुन ढंगले सरकार बन्यो, जसरी यहाँ अगाडि बढ्यो जुन सङ्केत सुरुवात भयो त्यसले झस्काएको छ,’ लामिछानेले भने, ‘सरकार सुरु हुने वित्तिक्कै अनुसन्धानमा परेर हाजिर जमानीमा छुटेको व्यक्ति बालकोटमा गीत गाउँदैहुनुहुन्थ्यो। नक्कली भुटानी शरणार्थी अनुसन्धान सुरु भयो, सरकारमा को गयो ?’

लामिछानेले बाल मन्दिरको कुरा उठ्दा त्यहाँ पुरस्कार र स्काउटको कुरा उठाउँदा पनि पुरस्कार दिँदै मन्त्री पद दिइएको दाबी गरे।

प्रकाशित: ६ श्रावण २०८१ १५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App