४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीमा ओलीको नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा

प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई गरेको नियुक्ति संविधानविपरित भएको भन्दै परेको रिटलाई संवैधानिक इजलासमा पठाइएको छ।

आइतबार सर्वोच्चका न्यायधिस बालकृष्ण ढकालको इजलासले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई गरेको नियुक्ति संविधानविपरित भएको भन्दै परेको रिटलाई संवैधानिक इजलासमा पठाएको हो।

रिट निवेदकमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित रहेको भन्दै संवैधानिक इजलासमा पठाइएको आदेशमा उल्लेख छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको उपधारा (७६) २ अनुसार नयाँ सरकार गठन गर्न गरेको आह्वान र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई गरेको नियुक्ति संविधानविपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो।

प्रकाशित: ६ श्रावण २०८१ १५:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App