४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीको प्रश्नः कांग्रेस–एमालेले संविधान नबचाए कसले बचाउँछ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक प्रणाली नेपाली कांग्रेस र नेकपा एमालेको सङ्घर्षले स्थापित भएको दाबी गरेका छन्।

प्रतिनिधिसभामा आइतबार विश्वासको मतको प्रस्ताव राख्दै प्रधानमन्त्री ओलीले व्यवस्था बनाउने दलमाथि संविधान खान लागेको आरोप हास्यास्पद रहेको बताएका हुन्।

‘पार्टी सिस्टम कल्ले बनायो यिनै पार्टी होला नि । यीनै पार्टीमाथि संविधान खानेभए, पश्चगमन ?,’ प्रधानमन्त्री ओलीले भने,‘बच्चालाई अल्मल्याएजस्तो कुरा नगरे पनि हुन्छ।’

जसले ख्यालठट्टामा नभई बलिदान दिएर व्यवस्था ल्यायो त्यसमाथि यस्ता तर्क नगर्न प्रधानमन्त्री ओलीले बताए। उनले भने, ‘जसले हिंसालाई शान्तिपूर्णमा ल्यायो, निरंकुशतालाई फाल्यो त्यसले संविधान नबचाए कसले बचाउँछ ?’

आफूलाई मन नपरेको कुरा पश्चगमन तिर गयो भन्नेजस्ता कुरा नगर्न पनि उनले आग्रह गरे।

‘कांग्रेस र एमाले हैसियत भएका पार्टी हुन्। आन्दोलन गरेर इतिहास बोकेर, बलिदान दिएर आएका पार्टी हुन्। यसैले यी पार्टी होच्याउँदा पनि नाजायज बोलेर अभ्यास नगरौँ ,’ उनले भने।

यो पनि पढ्नुहोस्

सहकारी ठगलाई कारबाही हुन्छ, सुशासनमा स्टन्ट होइन सही इन्टेन्सन चाहिन्छ: प्रधानमन्त्री

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले संसदलाई सुनाए कांग्रेस–एमालेको सात बुँदे समझदारी

प्रकाशित: ६ श्रावण २०८१ १४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App