२१ भाद्र २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीले संसदलाई सुनाए कांग्रेस–एमालेको सात बुँदे समझदारी

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबिच असार १७ गते भएको सात बुँदे सहमति प्रतिनिधिसभामा पढेर सुनाएका छन्।

आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै प्रधानमन्त्री ओलीले सहमति पत्र पढेर सुनाएका हुन्।

जसमा कांग्रेस एमाले मिलेर सरकार बनाउने, संविधान संशोधन गर्ने, आलोपालो प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय सहमतिको सरकारका लागि दुबै दलले पहल गर्ने लगायतका विषय समावेश छन्।

‘सात वटा बुँदा केके न थिए भनेर बजारमा हल्ला चलाइयो । यसमा लुकाइरहनुपर्ने केही छैन,’ ओलीले भने, ‘राष्ट्रको हितका बुँदा मैले आज यहाँ सुनाएँ।’

प्रकाशित: ६ श्रावण २०८१ १४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App