३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

रास्वपाले भन्यो: संवैधानिक परिषद्मा सिट चाहिएको भए माग्नुस् चरित्र हत्या नगर्नुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा राना मगरको चरित्र हत्याका लागि मिडिया ट्रायल चलिरहेको बयान दिएकी छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा श्रेष्ठले उपसभामुख राना मगरको विवादित पत्रको प्रतिरक्षा गर्दै  यस्तो बताएकी हुन्।

‘अहिले उपसभामुखको पत्रलाई लिएर मिडिया ट्रायल भइरहेको छ म घोर आपत्ति जनाउन चाहन्छु,’ श्रेष्ठले भनिन्, ‘यदि आचरणको कुरा गर्ने हो भने सबैको लेटर प्याडमा केके खोजौँ । मानव तस्करीजस्तो ठुलो आरोप यति सजिलै डिक्लेयर गर्नुभयो ? डिक्लेयर गर्नुस् भुटानी शरणार्थी कसले ग¥यो ?’

एउटा कठिन समयबाट आएको महिलालाई नहेप्न पनि उनले बताइन। ‘उहाँलाई नहेप्नुहोला,’ उनले भनिन्।

एक वर्षदेखिको पत्र हातमा लिएर बसेको दाबी गर्दै उनले भनिन्,‘कति बेला मौका मिल्ला र ठोकौला भन्ने रहेछ नि। साँच्चिकै छानबिन गर्ने हो भने गरोस् पार्टी तयार छ।’

संवैधानिक परिषद् एमालेको दुई, माओवादीको दुई एक रास्वपाको एक प्रधानन्यायाधीश रहेको बताउँदै श्रेष्ठले त्यो चाहिएको भए आफूहरू छाड्न तयार रहेको बताइन्। ‘चाहिन्छ भने माग्नुस् न हो माग्नुस् दिउला। आफ्ना जायजेथा दिने महिलालाई यसरी चरित्र हत्या गर्न पाइँदैन,’ उनले भनिन्।

प्रकाशित: ६ श्रावण २०८१ १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App