१० भाद्र २०८१ सोमबार
image/svg+xml
राजनीति

यो केपी ओलीको सरकार हो, लामो समय चल्छः खानेपानीमन्त्री यादव

नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार लामो समय चल्ने बताएका छन्।

सोमबार खानेपानीमन्त्रीको पदभार ग्रहण गरेसँगै उनले यस्तो बताएका छन्। उनले अहिलेको सरकार डबल इन्जिनको सरकार भएको पनि बताए।

‘यो सरकार लामो चल्छ, किनकि यो केपी ओलीको सरकार हो। डबल इन्जिनको सरकार छ। यो इन्जिन एकदम झक्कासले चल्छ। यो सरकार आफ्नो अवधिसम्म चल्छ। डबल इन्जिनको सरकारलाई सफल बनाऔँ।’ उनले भने।

उनले डबल इन्जिनको सरकारलाई सफल बनाउन मन्त्रालयका सचिव र कर्मचारीलाई आग्रह गरे।

प्रकाशित: ३१ असार २०८१ १६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App