१० भाद्र २०८१ सोमबार
image/svg+xml
राजनीति

काम गर्ने ठाउँमा आएको छु, विज्ञहरुसँग सुझाव लिएर अघि बढ्छु: स्वास्थ्यमन्त्री पौडेल

नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले छिटोछरितो ढङ्गबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ आफू कन्द्रित रहने बताएका छन्।

सोमबार रामशाहपथस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले यस्तो जिकिर गरेका हुन्।

मन्त्री प्रदीप पौडेलले क्यान्सर रोगबाट धेरै नेपाली जनता पीडित रहेको उल्लेख गर्दै यसको नियन्त्रण तथा रोकथामका पक्षमा जोड दिने बताए।

उनले भने ‘काम गर्ने ठाउँमा आएको छु। विज्ञहरुसँग आवश्यक सुझाव लिएर अगाडि बढ्छु। एकीकृत स्वास्थ्य प्रणाली सुदृढ बनाउन मेरो जोड रहनेछ।’

उनले एकीकृत स्वास्थ्य प्रणालीलाई सुदृढ र व्यवस्थित बनाउँदै सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउने प्रतिबद्धता समेत जनाए।

प्रकाशित: ३१ असार २०८१ १५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App