२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

राप्रपा संसदीय दलको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक आज बस्दै छ।

पार्टीको संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा संसदीय दलका नेताहरूसँग छलफल गरी उनीहरूको सुझावका आधारमा प्रधानमन्त्रीको पक्ष वा विपक्षमा मत दिने भन्ने विषयमा निर्णय लिने राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए।

सरकारमा रहेका नेकपा (एमाले) लगायतका केही दलहरू सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि विश्वासको मत लिने तयारी गरेका छन्।

मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयता खारेजीलगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधि सभामा १४ सिट रहेको छ।  

प्रकाशित: २७ असार २०८१ ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App