१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

पछिल्लो समय प्रधानमन्त्री दाहालले सत्ताको खेल नै बुझ्नुभएन: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको खेल नबुझेको टिप्पणी  गरेका छन् ।

एमालेसंग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री दाहालको नराम्रो दिन सुरु भएको उनको जिकिर थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष केसीले एमालेप्रति सङ्केत गर्दै बालकोटले प्रधानमन्त्री दाहाललाई अहिलेको परिस्थितिमा पुर्‍याएको बताए ।

अध्यक्ष केसीले कांग्रेस एमाले सत्ता समीकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गरे। दुवै दलसँग आफूले लामो समयदेखि सङ्गत गरेकाले उनीहरुले पनि मुलुकको हितमा काम गर्न नसक्ने उनले बताए। 

प्रकाशित: २५ असार २०८१ १५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App