१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमाले लक्षित झलनाथको टिप्पणी: कांग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन  । उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको समीकरणलाई दलाल पुँजीवादको संज्ञा दिए।

नेता खनालले नेपाली कांग्रेसलाई दलाल पुँजीवादको संज्ञा दिँदै कांग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गरे।उनले अहिले नेकपा एमाले भित्र भूकम्प गएको धारणा राखे।नेकपा (एकीकृत समाजवादी) को विकास र बिस्तारलाई रोक्न सक्ने शक्ति कुनै नरहेको जिकिर गरे।

नेता खनालले नेपालको कम्युनिस्ट आन्दोलनमा अब नयाँ पुनः गठनको प्रक्रिया सुरुवात हुने बताए।

प्रकाशित: २१ असार २०८१ १६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App