३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्णय विपरीत रकम बाँडेको उजुरी परेपछि ललितपुरका मेयरलाई अख्तियारले काट्यो पत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई सोधपुछका लागि बोलाएको छ।

बाढीपहिरो पीडितका नाममा महानगरले निर्णय विपरित रकम बाँडेको उजुरी परेपछि उनलाई सोधपुछका लागि बोलाउन भन्दै अख्तियारीले पत्र काटेको हो।

मेयर महर्जनविरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा निर्णयविपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको छ।

उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णयविपरीत रकम बाँडेको आरोप छ।

प्रकाशित: २० असार २०८१ ०७:५० बिहीबार

#corruption #lalitpur metropolitan city #chiribabu maharjan