१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री बन्ने चर्चाबारे ओलीको प्रतिक्रिया: यो वर्ष बन्छु जस्तो लाग्दैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री नबन्ने प्रतिक्रिया दिएका छन्।

सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै ओलीले आफू यो वर्ष प्रधानमन्त्री नबन्ने बताएका हुन्।

सञ्चारकर्मीहरूले तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नि भन्दै प्रश्न सोधेका थिए, त्यसको जवाफमा ओलीले भने, 'यो वर्ष बन्छु जस्तो लाग्दैन।'

त्यसपछि ओलीलाई सञ्चारकर्मीले देश र जनताले त तपाइ प्रधानमन्त्री भएको हेर्न चाहेका छन् रे नि भनी प्रश्न सोधेका थिए। त्यसको जवाफमा ओलीले भने, 'त्यो राम्रो कुरा हो।' 

प्रकाशित: १७ असार २०८१ १७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App