७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित

फाइल तस्बिर

प्रतिनिधि सभा बैठकमा सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको छ।  

सोमबार ११ बजेका लागि बोलाइएको बैठक करिब १७ मिनेट ढिला सुरु भएको थियो।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउना साथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएस।

उनले भने, ‘प्रतिनिधि सभा बैठकमा मन्त्रिपरिषद्का सदस्यको अनिवार्य उपस्थितिको व्यवस्था छ, नभएको कारणले गर्दा म ध्यानाकर्षण गराउन चाहान्छु।’

सभामुख घिमिरेले सांसद यादवको कुरा ध्यानाकर्षण भएको भन्दै बैठक १५ मिनेटपछि बस्नेगरी स्थगित गरे। 

प्रकाशित: १७ असार २०८१ ११:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App