२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

अब महाधिवेशनलाई रोक्नसक्ने कुनै शक्ति नेपालमा छैनः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको महाधिवेशनलाई कसैले रोक्न नसक्ने बताएका छन्।

नेपाल खेलकुद महासंघ, समाजवादीले ललितपुरमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले असार १६ गतदेखि पार्टीको महाधिवेशन आएको भन्दै पार्टीको महाधिवेशन रोक्नसक्ने कुनैपनि शक्ति नेपालमा अहिले नरहेको बताए। उनले महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने बताए।

पार्टीको महाधिवेशनलाई सफल बनाउन एकतावद्ध हुनुपर्ने उनले बताए। उनले महाधिवेशनलाई ऐतिहासिक, प्रगति, एकता, पुनःगठको महाधिवेशन बनाउन आग्रह गरे।

उनले भने, ‘हामी नौ दिनपछि हाम्रो १० औं महाधिवेशन उद्घाटन गर्न गइरहेका छौँ। यसको पूर्वघडिमा यो फुटबल आयोजना गरेर महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अभिप्रेरित गर्ने काम खेलकुद महासंघदले गरेको छ। महाभिवेशन हाम्रो कम्युनिष्ट आन्दोलनको इतिहासमा नै अत्यन्त महत्वपूर्ण ऐतिहासिक महाधिवेशन हुँदैछ। यसलाई सफलीभुत पार्नु हाम्रो पार्टीका सम्पूर्ण समर्थक, शुभचिन्तकहरुको प्रमुख अभिभारा हो। हामी तम्तयारी जसरी अघि बढाउँदै छौँ, अब यो महाधिवेशन सफलतापूर्वक सम्पन्न हुन्छ नै। यसलाई रोक्न, छेक्न, डिस्टर्ब गर्नसक्ने कुनै शक्ति अहिले नेपालमा छैन कमरेडहरु। यो सफल हुन्छ नै। यसलाई सफलीभुत बनाउन सबै एकतावद्ध हौँ। ऐतिहासिक महाधिवेशन बनाऔँ। प्रगति, एकता, पुनःगठको महाधिवेशन बनाऔँ।’

प्रकाशित: ७ असार २०८१ १८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App