राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले खेलकुद मन्त्रीलाई मन्त्रालयका कर्मचारीहरूले घुमाएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै ढकालले बजेट निर्माणमा कर्मचारीहरूले मन्त्रीलाई जाते पिङ खेलाइदिएको आरोप लगाएका हुन्।
उनले भने, हाम्रो खेलकुदमन्त्रीलाई कर्मचारीले घुमाइदिनु भएछ। घुइ घुइ पिङ खेलाइदिनु भएछ। जस्ताको तस्तै यथास्थितिमा छ बजेट। उही प्रीटिङको लागि, अनुगमनका लागि दोहोरो तेहरो कार्यक्रम छ। राष्ट्रिय टिममा मधेसबाट ६ जना खेलाडी थिए। मधेसकै लागि एक रुपैयाँ पैसा छैन।'
प्रकाशित: ५ असार २०८१ १४:३१ बुधबार