१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्राध्यक्ष र सरकार प्रमुखको विदेश भ्रमणबारे सांसदलाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियोस्: प्रदीप पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे सांसदलाई जानकारी नगराएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

हालै राष्ट्रपति रामचन्द्र पौडेलको जारी जर्मन भ्रमण र प्रधानमन्त्री दाहालको केही दिनअघि सम्पन्न भारतबारे सांसदलाई जानकारी नगराएकोमा आपत्ति जनाएका हुन। मंगलवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले राष्ट्रप्रमुख र सरकार प्रमुखको भ्रमणबारे सांसदलाई जानकारी गराउने परम्पराको अन्त्य नगर्न पनि सरकारलाई सचेत गराए ।

सांसद पौडेलले वृद्ध वृद्धा र अपाङ्गता भएकाहरूलाई घरघर राष्ट्रिय परिचय पत्र वितरणको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।सांसद पौडेलले संसद् सचिवालयका कर्मचारीको माग जायज रहेको उल्लेख गर्दै तत्काल उनीहरूको माग सम्बोधन गर्न पनि सरकारलाई दबाब दिए। 

प्रकाशित: ४ असार २०८१ १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App