४ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

गगनको टिप्पणी– प्रचण्डलाई प्रधानमन्त्री बनेर के गर्ने थाहा छैन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनेर के गर्ने ? भन्नेसम्म पनि थाहा नभएको तिखो टिप्पणी गरेका छन्।

शनिबार नेपाली कांग्रेस नागार्जुन कार्यसमितिको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री किन भएको भन्नेसम्मको मेसो नपाएको टिप्पणी गरेका हुन्।

‘सरकार मुलत्ः एमाले र माओवादी पार्टीको छ। माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन। किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन,’ महामन्त्री थापाले भने,‘के को लागि हुनुभएको हो ? के गर्ने हो ? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले ? केही पनि छैन।’

प्रधानमन्त्री दाहाल खेलोफड्को गर्ने र यता आएपनि पनि प्रधानमन्त्री उता गएपनि प्रधानमन्त्री बन्ने र बनिराख्नेमै केन्द्रीत रहेको महामन्त्री थापाको आरोप छ। यस्तो अवस्थामा मुलुकको अर्थतन्त्र भने बिग्रँदै गइरहेको उनको टिप्पणी छ। तर प्रधानमन्त्री दाहाल त्यसको जिम्मेवारी लिन तयार नभएके उनले बताए।

‘अबको यो दिनमा हाम्रो अर्थतन्त्र बिग्रँदै जाँदा अहिलेको प्रधानमन्त्रीले त्यसको बारेमा जिम्मा लिएर जवाफ दिनुहुन्छ भन्ने मलाई पटक्कै लाग्दैन,’ उनले भने।

यसअघि एकवर्ष कांग्रेससहितको सरकारमा प्रधानमन्त्री हुँदा दाहालले राम्रो गर्ननसक्दा कांग्रेसको टाउकामा दोष थोपरेर हिँडेको पनि महामन्त्री थापाको आरोप छ।

उनले भने, ‘त्यो राम्रो नभएको हिसावकिताव उहाँले के गर्नुभयो ? उहाँले जिम्मा लगाइदिनु भयो, कांग्रेसको मानिसहरू थिए, मैले काम गर्न सकिन भनेर प्रधानमन्त्रीले पन्छाइदिएर निस्कनुभयो।’ त्यसैले अहिलेको कमजोरीको जिम्मा पनि लिन्छन् भन्ने पटक्कै नलागेको उनले बताए।

प्रकाशित: १ असार २०८१ १४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App